दुर्घटनापछि बढ्यो जोखिम !, कहिले मर्मत हुन्छ महेन्द्र पुलको बार ?

पाेखरा | फागुन २४, २०७९

दुर्घटनापछि बढ्यो जोखिम !, कहिले मर्मत हुन्छ महेन्द्र पुलको बार ?

गत माघ २९ गते तनहुँबाट बिरामी लिएर आएको बा १३ च २६६२ नम्बरको पजेरो जीप पोखराको महेन्द्रपुलको बारमा ठोक्किएर ठूलो दुर्घटना हुनबाट बच्यो । 


उक्त दुर्घटनामा चालक सकुशल रहे । ३ पैदलयात्री घाइते भए । उपचारपछि सबै ठिकठाक छन् । तर  क्षतिग्रस्त पुलको बार अझै मर्मत गरिएको छैन । जसबाट पैदलयात्री र सवारीचालकमा जोखिम बढेको छ । 


दुर्घटनाको २५ दिनपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी नायव निरीक्षक शिव पाठकलाई ‘पुलको बार कहिले मर्मत हुन्छ ?’ भन्ने प्रश्नमा उनले भने ‘पुलमा बार राख्ने जिम्मेवारी सम्बन्धित सवारीधनीकै हो ।’


पाठकले यसो भनिरहँदा ठ्याक्कै मर्मतको मिति भने तोक्न सकेनन् । ‘थप दुर्घटना नहोस् भनेर हाललाई अस्थायी फलामे बार राखेका छौं’ पाठकले भने ।


‘गाडीको ठक्करले पुलको बारमा क्षति भएपछि तत्काललाई फलामको बार राखिएको छ, पाठकले भने, ‘सवारीले धनीले नै पुलको मर्मत गर्नुपर्ने भएकाले क्षति भएको स्थानमा अस्थाई रुपमा फलामको बार राखेका हौं ।’


उनले पुलको मर्मत गरेपछि सम्बन्धित सवारी धनिलाई सवारी फिर्ता गर्ने बताए । ‘दुर्घटनापछि सवारी र सवारी चालकको कागजपत्र कार्यालयमा राखेका छौं’ पाठक भन्छन्, ‘पुलको मर्मत सम्बन्धित व्यक्तिले गरेपछि मात्र कागजपत्र र सवारी फिर्ता गछौं ।’


यता सडक डिभिजन कार्यालय पोखराले पनि जसले क्षति पु¥याएको हो उसले पुलको मर्मत गर्नुपर्ने बताएको छ । 


‘नेपाल सरकारको संरचनामा जसले क्षति पु¥याउँछ उसले नै क्षतिपूर्ति व्यहोर्नुपर्ने हुन्छ’, डिभिजनका एक कर्मचारीले भने, ‘गाडीको ठक्करबाट पुलको बारमा क्षतिमा पुगेको सूचना पाएका छौ तर ट्राफिक कार्यालयबाट क्षति पु¥याउने सवारीलाई सम्पर्कमा ल्याएको छैन ।’ 


सडक डिभिजन कार्यालयका पोखराका सूचना अधिकारी उज्वल शर्माले  भन्छन् ‘क्षतिको विवरण निकालेर लाग्ने खर्च सवारी धनीले तिर्नुपर्छ वा मर्मत गरिदिनु पर्छ ।’ त्यसपश्चात् मात्र सवारीसाधन फिर्ता दिइने शर्माले बताए । 


उक्त गाडी डाक्टर चन्द्रबहादर थापाले चलाएका थिए । अटो गियरको पजेरो स्टार्ट गर्ने बित्तिकै हुइँकिएर पुलको बारमा ठोक्किन पुगेको थियो ।  
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्